प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
नौ दिन लामो अस्पताल बसाइपछि गत बुधबार बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले सेतोपाटीलाई बताए।
प्रधानमन्त्री ओली मंसिर १० गते अस्पताल भर्ना भएका थिए। त्यसयता मन्त्रिपरिषद् बैठक बसेको थिएन।