नेपाली कांग्रेसले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बसेको शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो।
यसका साथै बैठकले आगामी महाअधिवेशन ०७७ फागुनमै गर्ने निर्णय पनि गरेको छ।
बैठकमा क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गर्ने, नेविसंघ, तरूण दल लगायत भातृसंगठनलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘नेपाली कांग्रेसको आन्तरिक जीवनमा केही समययता जारी विवाद समग्र समाधान नजिक पुगेको छl संवादबाट सहमति,सहमतिका साथ महाधिवेशनका लागि यतिबेला घनिभूत छलफल जारी छl माघ १३ गते केन्द्रीय समितिको बैठकमा सबैको उत्साहपूर्वक सहभागिता साथ हामी अघि बढ्नेछौं’, ट्वीट गर्दै उनले भने।