सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले जिस्काए बापत सजाय भन्ने तर्कले अराजकतालाई पश्रय दिने बताएका छन्।
सूचना प्रविधी विधेयकमा रहेको निरन्तर जिस्काए बापत पाँच वर्ष जेल १५ लाखसम्म जरिमाना तिर्नुपर्ने प्रावधानको बाँस्कोटाले प्रतिरक्षा गरेका हुन्।
उनले सूचना प्रविधी विधेयक पारित नभए डिजिटल भुक्तानी प्रणालीले कानुनी मान्यता नपाउने उल्लेख गरे। विधेयकका राम्रो पक्षालाई लुकाइएको र केही भागहरुलाई स्यालले कुखुरा टिपे जस्तो गरिएको उनको भनाई थियो ।