सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।
बिहीबार सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर (करिब रु.२४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए।
यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने निर्णय गरेको उनले बताए।
यस्ता छन् निर्णय :