प्रचण्ड नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष केपी शर्मा ओलीसँगै बस्ने कि अलग्गै बस्ने भन्नेबारे सभामुख अग्नी सापकोटासँग छलफलपछि मात्र तय गर्ने भएको छ।
पेरिसडाँडामा बुधबार बसेको केन्द्रिय कमिटि बैठकमा भएको छलफलका निर्णयहरु सार्वजनिक गर्दै नेता भीम राबलले यस्तो जानकारी दिएका हुन्।
‘अहिले कहाँ बस्ने निर्णय भएको छैन। सभामुखसँग छलफलपछि निर्णय गर्छौं,’ उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सरकार छ । सदनभित्र कहाँ बस्ने कुरा सभामुखसँग छलफल भएपछि निर्धारित हुन्छ।’