नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा यही असोज ९ गते गाउँ/नगर अधिवेशन गर्ने तयारी गरे पनि ललितपुरमा भने अधिवेशन सरेको छ।
यही असोज ११ गते गाउँ/नगर अधिवेशन गरिने ललितपुर कांग्रेसले जनाएको छ।
सभापति मदनबहादुर अमात्यले सूचना निकालेर असोज ९ मा हुने भनिएको गाउँ/नगर अधिवेशन असोज ११ का लागि सारिएको उल्लेख गरेका छन्।
ललितपुरमा वडा अधिवेशन भइसकेको छ।
गाउँ/नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्। उनीहरूमध्येबाट नै गाउँ/नगर कार्यसमिति गठन हुनेछ।
