काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। महानगरद्वारा शुक्रबार जारी सूचना अनुसार आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको हो।
महानगरको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने महानगरको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ।
नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ।
केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।