नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीले बनाउने घोषणा पत्रका लागि ६ तरिकाले सुझाव दिन सकिने बताएको छ।
कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै घोषणा पत्रका लागि ६ तरिकाले सुझाव दिन सकिने बताएको घोषणा पत्र तयारी समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए।
उनकाअनुसार घोषणा पत्रको सुझाव इमेल, ट्विटर, फेसबुक, ह्वाट्सएप, भाइबर र इमोमार्फत पठाउन सकिन्छ।
सुझाव ९७४१६७३४१८ नम्बरमा लेखेर पठाउन सकिनेछ।
यस्तै आफ्नो आवाज रेकर्ड गराएर पनि सुझाव दिन सकिने कांग्रेसले जनाएको छ। मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणा पत्र तयार गर्दैछ।