नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने बताएका हुन्।
विपक्ष दलका सांसदहरूले समेत उठाएका विषयवस्तुलाई सभामुखसँग सहकार्य गरी सम्बोधन गर्ने बताइन्।
‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु। गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरूलाई उठाएका विषय वस्तुलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय सभामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्यादित र सुसंस्कृत गर्ने काम हुन्छ,’ उनले भनिन्, ‘उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ। आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु। तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु।’