परराष्ट्रमन्त्री विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा श्रीलंका जाने भएकी छन्।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो।
उनी बिहीबार श्रीलंकातर्फ प्रस्थान गर्नेछिन्।
श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन्।
शुक्रबार समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको उनले बताइन्।
सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसैदिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, १९:१८:३५