नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रिय सभालाई नयाँ अभ्यासको थलोको रूपमा विकास गर्ने इच्छा रहेको बताएकी छन्।
बुधबार दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले तोकेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै झाक्रीले राजनीतिक विवाद मुखरित हुने ठाउँलाई नयाँ ढंगले सांस्कृतिक रूपमा उन्नत अभ्यासको थलोको रूपमा विकास गर्ने चाहना व्यक्त गरिन्।
‘राष्ट्रियसभा पनि कुछ हो भन्ने इमेज स्थापित गर्ने काम पनि सायद हाम्रै जिम्मामा पो छ कि!,’ उनले भनिन्।
विगतमा आफूले नै राष्ट्रिय सभाको औचित्य छैन भन्ने गरे पनि अब त्यसलाई एउटा परिपक्व र पाकाहरूको स्थलका रूपमा विकास गर्न भूमिका खेल्ने सोचेको उनले बताइन्।