सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।
काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा १० दलको बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। सोमबार उनले विश्वासको मत लिँदैछन्।
त्यसपछि नै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १८:१३:२६