चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहिबार बालुवाटारमा चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो।
भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।