राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बिहीबार बस्दै छ।
बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ।
त्यस्तै, बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका सन्दर्भमा सरकारको कामको समीक्षा गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।
त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरू गर्नेबारे पनि छलफल गर्ने छ।
यसअघि रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक मधेस प्रदेशमा गर्ने तयारी गरेको थियो। गत कात्तिक १७ गते जाजरकोट केन्द्र गरी भूकम्प गएपछि मधेस प्रदेशमा गर्ने भनिएको बैठक स्थगित गरेको थियो।