उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत लिएर रूकुम पश्चिम पुगेका छन्।
करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज विहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुगेको उनका सचिवालयले जानकारी दिएको छ।
उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्याउने गरी काम भइरहेको बताए।
उपप्रधानमन्त्री खड्काले रूकुम पुर्याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण हुने उनको सचिवालयले जनाएको छ।