उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन्।
ठूला-ठूला महल बनाउँदा खेती गर्न जमिन बाँकी नरहने उनले बताइन्।
विश्व शौचालय दिवसका अवसरमा शुक्रबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले खेतीयोग्य जमिनमा घर बनाउँदै जाने हो भने भविष्यमा खाद्यान्न अपुग हुने बताइन्।
‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ,’ उनले भनिन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति उनले दुःख व्यक्त गरेकी थिइन्।
- न्युज एजेन्सी नेपाल