नेपाली कांग्रेसले सहकारी विभाग प्रमुख तोकेको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनीत गरेका हुन्।
कँडेल कांग्रेस केन्द्रीय सदस्य छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।
कांग्रेस विधानमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर सभापति देउवाले विभाग गठनमा ढिलाइ गर्दै आएका छन्।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। कांग्रेसमा ७० विभाग छ।
