पार्टी एकता गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच छलफल भएको छ।
माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठलगायतबीच आइतबार भएको बैठकमा पार्टी एकताको लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको हो।
बैठकमा वार्ता समितिको विगतका गतिविधिबारे जानकारीसमेत गराइएको थियो।
‘दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।