जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण रौनियार नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
पर्सामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन्।
रौनियार जसपाबाट ०७४ को प्रतिनिधि सभा चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष पनि हुन्।
रौनियारले जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा भुल्दै गएको आरोप लगाउँदै आएका थिए।