रंगभेदविरूद्ध एकता दिवस मनाउन जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चन्द्रकान्त राउत (सिके) ले सङ्कल्प प्रस्ताव दर्ता गरेका छन्।
मंसिर १० गते रंगभेदविरूद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय सङ्कल्प लिन भन्दै उनले बुधबार प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्।
‘मंसिर १० लाई नेपाल सरकारबाट रंगभेदविरूद्ध एकता दिवस घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसदबाट सामूहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय सङ्कल्प लिनका लागि यो सङ्कल्प प्रस्ताव पेश गरेको छु,’ राउतले भनेका छन्।
यस्तो छ प्रस्ताव:
