अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिनँ भन्न नमिल्ने बताएका छन्।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतले मुलुकको अर्थतन्त्रका विषयलाई लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिनँ भन्न नमिल्ने बताएका हुन्।
‘लगानी गरेको ठाउँबाट प्रतिफल नआएपछि पैसाको कारोबार नहुँदा बैंकको ऋण तिर्न नसक्दा अन्यौल सिर्जना भएको छ,’ उनले भने, ‘जसले सबैभन्दा ठूलो ऋण लिएको छ, उसैले तिर्दिनँ भनेर हिँडिरहेको छ। ऋण लिएर तिर्दिनँ भन्ने?’
मन्त्री महतका अनुसार बैंकको ऋण लिएर व्यवसाय गर्दागर्दै पनि तिर्न नसक्ने व्यवसायीहरूलाई नीतिगत रूपमा राज्यले हेर्ने छ।
त्यस्तै, बैंकबाट धेरै ऋण प्रवाह भएका मानिसले धेरै जग्गा, शेयर र क्रिप्टोमा लगानी गर्दा बजारमा केही समस्या भएको उनले बताए।