सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोगमा चार जना थप्ने निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘पहिले सुनको अवैध पैठारी नियन्त्रण गर्न जाँचबुझ आयोग गठन भएको थियो। र आयोगको माग बमोजिम चार जना प्राविधिकसहितका जनशक्तिहरू थप गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘यो निर्णय गृह मन्त्रालयको प्रस्तावमा भएको हो।’
उक्त आयोगमा थपिएका सदस्यहरू को हुन् भन्ने खुलिसकेको छैन।
असोज १४ गते बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। यसका लागि पुरानो गृह मन्त्रालयको भवनमा कार्यालय राखिएको छ।
यस आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्य छन्। यस्तै पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा छन्।
उनीहरूलाई छानबिन गर्न तीन महिनाको समय दिइएको थियो। ६० किलो सुन ब्रेक शुमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएपछि नेकपा एमालेको मागअनुसार उक्त आयोग गठन गरिएको थियो।