मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा भएको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही पुगेका छन्।
राप्रपा नेता शाही र प्रसाईं बल्खुमा सँगै देखिएका हुन्।

प्रसाईं पक्षले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
राप्रपाभित्र प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने कि नगर्ने भन्ने दुविधा छ। पार्टीले कुनै आधिकारिक निर्णय गरेको छैन।

बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र 'तानाशाही' शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन्।
यो पनि: दुर्गा प्रसाईंको आन्दोलनबारे राप्रपामा दुई लाइन