कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरूको मोर्चा बनाउन आह्वान गरेको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिलेको व्यवस्थाको अन्त्य गर्न चाहनेहरू मोर्चा बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो।
‘संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्छ भन्ने समयको माग र जनताका चाहनालाई दृष्टिगत गर्दै वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी दल र समूहलाई राप्रपा नेपाल आह्वान गर्दछ,’ बैठकपछि प्रवक्ता बसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सामूहिक नेतृत्व र सबैको सहभागिताका आधारमा मोर्चा निर्माण गर्न राप्रपा नेपालले आग्रह गरेको छ।
राप्रपा नेपालले केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ। उक्त बैठकमा वृहत राष्ट्रिय मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको छ।
यस्तो छ निर्णय: