प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार दिउँसो सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
एमाले अध्यक्ष ओली मंगलरबार अपराह्न धनगढी जाँदैछन्। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू हुने पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका लागि ओली आजै धनगढी जान लागेका हुन्।
‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएको अभियान तीन साता चल्ने छ। तीन साता लामो अभियानका लागि काठमाडौं बाहिर रहने भएकाले पनि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको बताइएको छ।