नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जाजरकोटमा पठनपाठनका लागि अस्थायी विद्यालय बनाएको छ।
भूकम्प प्रभावित जाजरकोटस्थित भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी विद्यालय निर्माण गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सेतोपाटीलाई बताए।
नेविसंघले श्रमदान गरी विद्यालयका लागि टहरा बनाएको हो।

‘हामीले अस्थायी विद्यालय भवन बनाउनुका साथै शैक्षिक र खेलकुदका सामग्री पनि हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘जस्तापातालगायत आवश्यक सामग्री पनि हामीले जुटाएका हौं।’
उनले श्रमदान कार्यलाई निरन्तरता दिइने बताए।
भूकम्प प्रभावित विद्यार्थीलाई नेविसंघ कैलालीले न्यानो कपडा, झोलाललगायत सहयोग गरेको थियो।
कात्तिक १७ गते भएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा अधिकांश विद्यालय भवनमा क्षति पुगेको थियो।