जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशनको मिति तोकेको छ।
केन्द्रीय सचिवालयको निर्णयअनुसार वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेर सोहीअनुसार कार्यान्वयन गर्न पार्टी अध्यक्ष सिके राउतले मातहतको कमिटीलाई निर्देशन गरेका हुन्।
जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडाअधिवेशनहरू पूरा गर्न निर्देशन दिइएको छ। त्यस्तै, माघ १५ देखि फागुन १५ गतेसम्म ७५३ वटै पालिकामा अधिवेशन गर्न भनिएको छ। फागुन २० गतेभित्र अधिवेशन गरिएका वडा र पालिका तहका कमिटीको माइन्युटको प्रतिलीपी पार्टी सचिवालयलाई पठाउन भनिएको छ।
जनमतले चैत्र ३ गते जिल्ला अधिवेशनको मिति तय गरेको छ। त्यस्तै २०८१ वैशाख २४–३० भित्र प्रदेश अधिवेशन गरिसक्न निर्देशन दिएको छ।
