कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्।
शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्।
यस्तै नेकपा माओवादीबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।
अरू मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले बाँकी मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। सुरूमा कांग्रेसका ८ र नेकपा (एमाले) का ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।
तर कार्कीलाई सत्ता गठबन्धनले नै विश्वासको मत दिएको थियो। एमालेले पनि विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। पूर्ववत सहमतिअनुसार मुख्यमन्त्री कार्की अघि नबढेको भन्दै एमालेले गत कात्तिक १८ गते सरकार छाडेको थियो।
एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले कात्तिक १८ मा राजीनामा बुझाएका थिए।