राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार मध्याह्न १२ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका एजेन्डा तय गर्नेबारे छलफल हुनेछ।
राप्रपाले पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गर्न लागेको छ। बैठक काठमाडौंमा बस्नेछ।
साथै कार्यसम्पादन समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिकलगायत विषयमा पनि छलफल हुने उनले बताए।