नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई दिइएको छ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बज्राचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।
अध्यक्ष शेर्पा अखिल भारतीय विद्यार्थी परिषदको ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारत जाँदैछन्। मंसिर २१ गतेदेखि २४ गतेसम्म दिल्लीको इन्द्रप्रस्थ नगरमा कार्यक्रम हुँदैछ।
उनले आफ्नो अनुपस्थितिमा विधानअनुसार कार्यवाहक अध्यक्ष तोकेका हुन्।
शेर्पाले विधि, विधान र मर्यादाभित्र रहेर संघको काम गर्न पनि आग्रह गरेका छन्। नेविसंघ केन्द्रीय समिति सात सय १० सदस्यीय छ। नियमित अधिवेशन नभएकोले नेविसंघ तदर्थ समिति गठन गरिएको थियो।
नेविसंघमा पदाधिकारीबिनै केन्द्रीय समिति बनाइएको थियो।