प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विपिन जोशीका आमा-बुवालाई भेटेका छन्।
प्रधानमन्त्री दाहालले शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा-बुवासँग भेटेर कुराकानी गरेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।
छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा-बुवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताएका थिए।
यो पनि: ‘उज्यालो हुँदा छोरो फर्की आउँछ कि भन्ने आश लाग्छ…’