नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिष्टहरूसँग गठबन्धन गरे विस्तारै कांग्रेसको अस्तित्व समाप्त हुने बताएका छन्।
काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै कोइरालाले गठबन्धन गर्नै परे प्रजातान्त्रिक विचार भएकाहरूसँग गर्नुपर्ने बताए।
‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले डेमोक्रेटिक पार्टीहरूसँग मात्रै गठबन्धन गर्न सक्छौं,’ उनले भने, ‘कम्युनिष्टसँग गठबन्धन गरेर जान थालियो भने हामीहरूको अस्तित्व विस्तारै समाप्त हुँदै जान्छ।’
देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उनले बताए। ‘किनभने कांग्रेस लोकतान्त्रिक पार्टी हो,’ उनले भने, ‘युवा साथीहरू धेरै महत्वकांक्षा राख्नुस् तर उग्र महत्वकांक्षा अलि राम्रो हुँदैन।’
उनले लोकरिझ्याइँमा लाग्न नहुने बताए।