प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन्।
तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ।’
उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए।
‘गठबन्धन पूरै अवधि जान्छ। अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ,’ प्रधानमन्त्री दाहालले भने।
(न्युज एजेन्सी नेपाल)