नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
यसअघि शुक्रबार नै बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ।
महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समिति सदस्य विमलेन्द्र निधिले जानकारी दिए।
यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। राष्ट्रिय सभाको चुनाव र चिसोलाई कारण देखाएर महासमिति बैठक सार्ने निर्णय भएको हो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ।
कार्यसम्पादन समितिको बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।