नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने भएको छ।
महामन्त्री गगन थापाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।
यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ। करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ।
उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिले ७७ जिल्लामै प्रतिनिधि खटाउने तयारी गरेको छ।
यो अभियानमा क्रममा साना-ठूला सभा तथा संगठन सुदृढीकरणलगायत काम गर्ने कांग्रेसको योजना छ।
यस्तो छ केन्द्रीय कार्यसम्पादन समितिको निर्णय:

