नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ।
बैठक बिहीबार काठमाडौंमा सुरू भएको छ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियानमा राम्रो काम गर्नेहरूलाई सम्मान र काममा नखटिएकालाई कारवाही गर्नेबारेमा निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए।
बिहीबारको बैठकमा राम्रो र नराम्रो काम गर्ने तीन/तीन जनाको नाम सार्वजनिक गर्ने निर्णय भएको थियो।
यो पनिः