सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेपछि प्रतिनिधि सभाको आजको बैठक चलेको छ।
यसअघि सोमबार नै बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै बैठक अवरोध गरेका थिए।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
सोमबार दिउँसो पुन: बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। लगत्तै सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।
‘माननिय सदस्यहरू उठाउनुभएको विषयमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु,’ उनले भने।