राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुसी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरूत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफल पश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो।
समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुसी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरूत्साहित गर्न आग्रह गरे।
उनले विभागले प्रमाणहरूलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गरे।
सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरू आतंकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए।
उनले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धीले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे
उनले भने,‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुसी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरूत्साहित गर्नुहोला। प्रमाणहरू राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबनोस्। नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरू आतंकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस्।’
मुद्दा लगाएर अनावश्यक दुःख दिने कुरा रहेको भन्दै उनले यसलाई विचार पुर्याएर मात्रै कसैको छविमा पछिसम्म असर पर्ने काममा कम हात हाल्न आग्रह गरे।
‘बेनामी रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्छ भन्ने समितिको धारणा छ। यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजस्व अनुसन्धान विभागले ध्यान दिन आग्रह छ।’ (न्युज एजेन्सी नेपाल)