जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।
आगामी चैत ३ र ४ गते पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको सचिव बिपी साहले जानकारी दिए।
केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने साहले जानकारी दिए।
बैठकमा सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष सिके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुने सचिव साहले जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टीको सांगठनिक अवस्थाबारे पनि छलफल हुनेछ।
‘अहिले वडा र पालिका तहका कमिटीहरूको अधिवेशन जारी छ, त्यसबारे पनि छलफल हुनेछ,’ उनले भने। यसैबीच जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि भन्दै आन्दोलनको उद्घोष गरेको छ।
यसबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने सचिव साहले बताए।