कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्। आइतबार दिउँसो उनीहरूले 'गरिखान देऊ' भन्दै प्रदर्शन गरेका हुन्।
महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो।
यसरी दमन गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
यो आन्दोलनमा सिके राउतको पनि उपस्थिति थियो।
उनले आफ्नो आधिकारिक ट्विटरमा फोटाहरू राख्दै यो आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐकबद्धता रहेको बताएका छन्।
उनले उक्त आन्दोलनमा आफू सहभागी भएको फोटाहरू राख्दै लेखेका छन्, 'कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो। कवाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो।'
-ink-1709459251.jpeg)