प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।
विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो।
राजनीतिक समीकरण बदलिएसँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको हो।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको सरकार बन्ने भएको हो।
सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने पनि तयारी भइरहेको छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकबारे रास्वपाको सचिवालय बैठकमा छलफल समेत भएको थियो। उनले सचिवालय बैठकमा प्रतिनिधि सभा बैठक स्थगित हुने बताएका थिए।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए।
बदलिँदो परिस्थितिमा सरकारलाई कसले समर्थन गर्ने र कसले विरोध गर्ने अलमल हुने भएकाले पनि संसदको बैठक स्थगित हुन लागेको लामिछानेले सचिवालयलाई जानकारी गराएका थिए।
बैठकले यसअघि रास्वपा सरकारमा सहभागी हुँदा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा आफूहरूले राखेको एजेण्डालाई नै प्राथमिकतामा राखेर गठबन्धबारे छलफल र निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ।