जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।
काठमाडौंमा उपलब्ध सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय बोलाइएको सचिव बिपी साहले जानकारी दिए।
‘हामीले उपलब्ध सचिवालय सदस्यहरूलाई बोलाएका छौं। नयाँ गठबन्धनमा सामेल हुने कि, अहिलेको परिस्थितिलाई कसरी हेर्ने भनेर छलफल गर्न लागिएको हो,’ उनले भने।
सोमबार बिहान नेकपा (एमाले) को सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए।
त्यहाँ भएको कुराकानीबारे छलफल गर्न पनि जनमतले सचिवालय बैठक बोलाएको हो।
‘सचिवालय बैठक बसेर समग्र परिस्थितिबारे छलफल गर्छौं,’ उनले भने।