नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।
सोमबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेका सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा कार्यसम्पादन समिति बैठक बस्ने सेतोपाटीलाई जानकारी दिए।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेसको व्यवस्था छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य छाड्दै नयाँ गठबन्धन बनाएका छन्। सोही राजनीतिक घटनाक्रम लगायतबारे कार्यसम्पादन समितिमा छलफल हुनेछ।