नयाँ गठबन्धनको बैठक फेरि बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बस्ने नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।
बैठकपछि नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गरिने ती पदाधिकारीले बताए।
बालुवाटारमै आज बिहान पनि गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई आज बन्ने मन्त्रीहरूको नाम दिएका थिए।
एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ।
मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।
मन्त्रीहरूको शपथ अपराह्न ४ बजेपछि हुने बताइएको छ।