राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार यही फागुन २६ गते शनिबार कार्यसम्पादन समिति बैठक बस्दैछ।
उनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न बैठक केन्द्रित रहने बताए।
प्रवक्ता श्रेष्ठका अनुसार घोषित आन्दोलनको आवश्यक तयारीबारे पनि कार्यसम्पादन समितिमा छलफल हुनेछ।