नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बूढानिलकण्ठमा बसेको छ।
सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार अपराह्न ४ बजेदेखि बैठक जारी छ।
बैठकमा गठबन्धन टुटेपछिका अवस्थालगायत विषयमा छलफल हुनेछ।
साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत हुने एक नेताले बताए।
कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री दाहालले सोमबार नयाँ समीकरण बनाएका छन्। उक्त गठबन्धनबाट तीन जना मन्त्रीसमेत भइसकेका छन् भने पुरानो गठबन्धन दलबाट मन्त्री भएकाहरू स्वत: हटेका थिए।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिबाट निर्णय गर्न सक्ने विधानको व्यवस्था छ।
यो पनि: भेटुम् भन्दै ओलीले दिनमै दुईपल्ट फोन गर्थे, भेटिनँ, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा