प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले अर्थतन्त्रका समस्या बढाउने गरी बजेट आएको टिप्पणी गरेका छन्।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बजेटमाथि छलफलमा भाग लिँदै बस्नेतले आर्थिक वर्ष २०८१/८२ को बजेटले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसक्ने पनि दाबी गरेका छन्।
‘अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा अर्थतन्त्रको समस्या बढाउने गरी राजनीतिक बजेट आउने गरेको छ,’ उनले भने, ‘स्रोतबिनाका कार्यक्रम पनि आएको छ।’
बजेट महत्वकांक्षी र ऋणमुखी भएको पनि उनले बताएका छन्।