सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको विषयमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले 'सरकारले आफूले भनेको मान्ने व्यक्तिलाई आइजिपी बनाएको' टिप्पणी गरेका हुन्।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको थियो।
सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, 'उनीहरूले भनेको मान्छ भनेर नयाँ नियुक्ति गरेको होला।'
ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति गगन थापासँग राम्रो कुराकानी भएको पनि बताए।
'राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए,' उनले भने।