प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले आर्थिक वर्ष २०८१/८२ को बजेटले प्राथमिकता नै तोक्न नसकेको बताएका छन्।
बजेटमाथिको छलफलमा मंगलबार प्रतिनिधि सभामा बोल्दै बजगाईले पर्यटन क्षेत्र प्राथमिकतामा रहनुपर्ने बताए।
‘बजेटले हाम्रा प्राथमिकता सोचेको छैन, तोकेको छैन,’ बजगाईले भने, ‘नेपालको मुहार फेर्ने प्राथमिकताको क्षेत्र पहिचान भएको छ कि छैन त्यो के हो? मैले दोहोर्याएर भने त्यो पर्यटन क्षेत्र हो।’
उनले पर्यटन क्षेत्र कृषिसँग पनि जोडिने बताए।