सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले कास्कीको पोखरामा बुधबार कार्यकर्तालाई प्रशिक्षण राखेको छ।
गण्डकी प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण बुधबार मध्याह्न सभागृहमा सुरू भएको हो।
पार्टीको गण्डकी प्रदेश समितिले गरेको प्रशिक्षणमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङलगायत नेताहरू पनि सहभागी छन्।
तस्बिरहरू:



